बुधबार, २६ वैशाख २०८१

प्रेमीसंगको हट तस्विर मन नपराउनेलाई साम्रागीले भनिन ‘कुकुर’

समयपोष्ट २०७६ साउन ६ गते १७:५६

Advertisement

 

 

प्रेमीसँग मस्ती गर्दै गरेको फोटोलाई लिएर आलोचना भएपछि नायिका साम्राज्ञी शाहले आक्रोश पोखेकी छन् । इन्स्टाग्रामको स्टोरीमा उनले एउटा स्टाटस पोष्ट गरेकी छन्,‘हाथी तले बजार, कुत्ते भोके हजार ।’

उनको आफूलाई हात्ती र आलोचना गर्नेलाई कुकुरको संज्ञा दिएकी छन् । जम्मा दुई लाइनको यो हिन्दी वाक्यमार्फत उनले आफ्ना आलोचकलाई प्रहार गरेको हुन सक्ने आँकलन गरिएको छ ।

Advertisement

उनी बेला–बेला कुनै कुनै फण्डामार्फत चर्चामा आउँछिन् । यसअघि मयंक खड्कासँगको प्रेम सम्बन्धका कारण चर्चामा आईरहन्छिन् । मयंकसँगको प्रेम सम्बन्ध त्यति लामो समय टिकेन । मयंकसँग ब्रेक अप भएपछि उनी देवाङ्स राणासँग प्रेम सम्बन्धमा छिन् ।

चलचित्र ‘रातो टिका निधारमा’ को छायांकनपछि उनी आराम गर्न भन्दै इन्डोनेसियाको बाली पुगेकी छन् । समुन्द्रको तटमा देवाङ्ससँग विकिनीमा खिचेका फोटो सार्वजनिक भएपछि धेरैले उनको आलोचना गरे ।

फोटोलाई लिएर व्यापक आलोचना भएपछि उनले फोटो हटाइसकेकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री