शुक्रबार, १४ कार्तिक २०८२

अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न

समयपोष्ट २०७६ साउन ३ गते ११:२९

Advertisement

अजोड इन्स्योरेन्सको पहिलो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सर्वसाधारणमा निष्काशन गर्नुपर्ने ३० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन सहित आ.व २०७४/७५ को वित्तीय विवरण पारित गरेको छ।

साधारणसभामा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश भएको छ ।

सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४जना सञ्चालक निर्वाचित भएका छन् । निर्वाचित भएका ४ जना सञ्चालकहरुमा आजाद श्रेष्ठ, राम बहादुर गुरुङ, कल्याण गुरुङ र चिरञ्जीवी हुन् ।

सभामा कम्पनी नियमावलीको नियममा संसोधन गर्ने तथा उक्त संसोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा नियामक निकायबाट आएको निर्देशन अनुरुप आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।
नाफा नोक्सान हिसाब, एनएफआरएस प्रतिवेदन, सञ्चालकहरुको बैठक भत्ता वृद्धि तथा आव २०७५र०७६ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्तावमा छलफल गरि पारित भएको छ ।

Advertisement

२०७५ को अषाढ २१ गतेबाट व्यवसाय शुरु गरेको कम्पनीले आ.व २०७४/७५ मा १ करोड ९५ लाख ३६ हजार रुपैया आर्जन गर्न सफल भएको छ ।कम्पनीले आ.व २०७५र७६ को चैत्र मसान्तसम्म २५ करोड ४ लाख रुपैया बीमा शुल्क संकलन गरेको उक्त साधारण सभामा जानकारी गराइएको थियो ।

कुल ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको मुख्य कार्यलय सहित ६ वटा क्षेत्रीय कार्यालय, २३ वटा शाखा कार्यालय ,१७ वटा बीमा काउन्टरहरु र एक ग्राहक सेवा केन्द्रबाट सेवा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री