सोमबार, १७ वैशाख २०८१

टिभिएसले ल्यायो अन्तराष्ट्रिय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

समयपोष्ट २०७६ साउन २ गते १९:५८

Advertisement

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ ।

योजना अनुसार नेपाल भर रहेका टिभिएस मोटरसाईकलको कुनै पनि शोरुममा गई अपाचे RR310 तथा अपाचे 200 4V v2 को टेस्ट राईड मात्र गरि उक्त योजनामा सहभागि हुन सकिनेछ र २५ जना भाग्यशाली विजेताहरुले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अपाचे RR 310 / 200 4V v2 कुदाउनुको अनुभव संगाल्न पाउनेछन् ।

साथै अपाचे RR 310 तथा 200 4V v2 खरिदकर्ताहरुले हेल्मेट्स नेपालको क्रमशः १० हजार तथा ७ हजार रुपैयाँ बराबर नगद भौचर उपहार पाउनेछन् भने अपाचे RR310 को लागि मासिक किस्ताबन्दी रु १९,०९३ र अपाचे 200 4V v2 को लागि रु ११,२४५ कायम गरिएको छ ।

‘हरेक मोटरसाईकल राइडरको एउटा भित्री ईच्छा हुन्छ रेस ट्रयाकमा मोटरसाईकल कुदाउनुको मज्जा लिने । तर सबैले यस्तो चाहना पूरा गर्न सकेका हुँदैनन् ।’ नयाँ बिक्री योजनाका बारेमा जानकारी दिदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने ‘यसैले आफ्ना बाइक प्रेमीहरुलाई सदैव नयाँ नयाँ एक्सपेरियन्स दिलाएर अचम्भित पार्दै आएको टिभिएसले एक नयाँ योजना अघि सारेर यसपटक सर्वथा भिन्न आश्चर्यजनक उपहारको रुपमा हामीले हाम्रा ग्राहकहरुलाई यो रेस ट्रयाक एक्सपेरियन्स प्रस्तुत गरेका छौं ।’

मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक 3.74 कि.मि को छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रेसिङ्ग ईभेन्टहरु आयोजना भईसकेको यो ट्रयाक रेसिङ्ग प्रेमीहरु माझ अत्यन्तै लोकप्रिय छ ।

टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजनामा सहभागी भई आफ्नो जीवनकै सर्वश्रेष्ठ अनुभव हासिल गर्ने अवसर नगुमाउन हुन कम्पनीले सबै मोटरसाईकल प्र्रेमीहरुमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री