आइतबार, ११ साउन २०८२

माछापुच्छ्रेको नेतृत्वमा सात बैंकले नुप्चे लिखु हाइड्रोपावरमा ऋण लगानी गर्ने

समयपोष्ट २०७६ साउन १ गते १७:०४

माछापुच्छ्रे बैंकको नेतृत्वमा सात संस्थाले साढे ५७ मेगावाटको नुप्चे लिखु हाइड्रोपावर परियोजनामा ऋण लगानी गर्ने भएका छन् ।

परियोजनामा माछापुच्छ्रेका साथै हिमालयन बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, एनसिसी बैंक र कामना सेवा विकास बैंकले ऋण लगानी गर्न लागेका हुन्।

१० अर्ब ५७ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको परियोजनालाई बैंकहरुले ७ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्ने भएका हुन्। ऋण लगानी १६ बर्षका लागि हुने छ।

ऋण सम्बन्धि समझदारी पत्रमा माछापुच्छ्रेका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र परियोजना निर्माण कम्पनी भिजन इनर्जीका अध्यक्ष टिएन आचार्यले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री