आइतबार, ६ जेठ २०८१

मार्केट बेस भएर विषय छनोट गर्नुपर्छ

समयपोष्ट २०७६ साउन १ गते ११:३३

Advertisement

एसईईको नतिजा प्रकाशन भइसकेपछि अभिभावक तथा विद्यार्थीलाई के विषय पढ्ने, कुन कलेज छान्ने, कुन क्षेत्रमा करियर बनाउने भन्ने परामर्शको जरुरत पर्छ । साथै विद्यार्थीहरू पनि रोजेको विषयले जीवन सार्थक हुन्छ कि हुँदैन भन्ने अन्योलमा हुन्छन् । विद्यार्थीले कस्तो वातावरणमा शिक्षा लिँदै छ भन्नेले विद्यार्थीको भविष्य निर्धारण हुन्छ । अहिले नेपाल सरकारले पल्स टु शिक्षालाई विद्यालय शिक्षासँग जोडेको छ । १५/१६ वर्षका बच्चामा बाल मनस्थितिनै हुन्छ । त्यसकारण बच्चाहरूलाई घरबाट टाढा, अस्तव्यस्त ट्राफिक व्यवस्थापनबाट गुज्रिएर जानुपर्ने भन्दा पनि घरबाट नजिक पर्ने कलेज छान्नु उपयुक्त हुन्छ । कलेज छान्दा त्यसको इतिहास, नतिजा, त्यहाँ भित्रका पूर्वाधार, शिक्षकहरूको समूह कस्तो छ, व्यवस्थापन पक्ष कस्तो छ, पहिले पढेका विद्यार्थी र अभिभावकहरूको प्रतिक्रिया कस्तो छ, यी कुरा बुझेर कलेज छान्नु उपयुक्त हुन्छ । विषय र कलेज छनोट गर्दा कमसेकम घरबाट नजिक, आफूले रोजेको विषय र आफू सुरक्षित भएर त्यहाँ सिक्ने वातावरण छ कि छैन, भविष्य सुरक्षित हुन्छ कि हुँदैन ? त्यो विद्यार्थीसँगै अभिभावकले पनि विचार गर्नुपर्छ ।

विद्यार्थीहरूले विषय छनोट गर्दा दुईवटा कुरामा बढी केन्द्रित हुनुपर्छ । पहिलो मार्केट बेस भएर छनोट गर्नुपर्छ । पढिसकेपछि मैले छिटो रोजगारी पाउँछु । यो पेसा रोजिसकेपछि म जीवनभरि खुसी हुन सक्छु । निरन्तर सेवा गरिरहन सक्छु भन्ने पनि हुनुपर्छ । कुन पेसामा आफू रमाउन सकिन्छ । व्यवस्थापनको क्षेत्र अथवा साइन्स पढेर डाक्टर अथवा इन्जिनियर बन्ने हो कि । अथवा मानविकी पढेर पत्रकारिता गर्ने हो । आफू रमाउन सक्ने विषय छनोट विद्यार्थीले गर्नुपर्छ । त्यो धेरै वैज्ञानिक हुन्छ ।

दबाब होइन सुझाव

विषय छनोट गर्दा अभिभावकले विद्यार्थीलाई स्वतन्त्र छोडिदिनुपर्छ । विद्यार्थीले रुचिअनुसारको विषय पढन नपाउँदा बाल मनस्थितिमा धेरै असर गर्छ । भोलि छोराछोरीको अध्ययनले पूर्णता पाउन नसक्नुका कारण त्यही बन्न सक्छ । त्यसकारण विषय छनोटमा अभिभावकले बालबालिकालाई कहिले पनि दबाब दिनुहुँदैन । आजका विद्यार्थी भोलिका जिम्मेवार नागरिक पनि हुन् । अभिभावकले उनीहरूलाई सुझाव दिन सक्छन् दबाब होइन । अहिलेको अवस्थामा १५/१६ वर्षका बच्चाले आफूले के गर्दा राम्रो हुन्छ भन्ने महसुस गरिसकेका हुन्छन् । एउटा असल नागरिक र प्रतिष्ठित व्यक्ति भएर जीवन जिउने कुरा उनीहरूलाई सम्झाउन सक्नुपर्छ । बालबालिकाको इच्छाविपरीत पढ्न लगाउँदा त्यसको परिणाम पनि विपरीत नै आउन सक्छ ।

Advertisement

यो पेसा रोजिसकेपछि म जीवनभरि खुसी हुन सक्छु । निरन्तर सेवा गरिरहन सक्छु भन्ने पनि हुनुपर्छ ।  आफू रमाउन सक्ने विषय छनोट विद्यार्थीले गर्नुपर्छ । त्यो धेरै वैज्ञानिक हुन्छ ।

बजार सुहाउँदो विषय

हामीलाई सबै किसिमका नागरिकको आवश्यकता छ । जस्तो नेपालमा अहिले चार्टर्ड एकाउन्टेनको डाटा हेर्ने हो भने एकदम कम छ । त्यसले नेपालको आवश्यकता पूर्ति गर्दैन । डाक्टरकै कुरा गर्ने हो भने अहिले एक डाक्टरले हजारौँ बिरामी हेर्नुपर्ने बाध्यता छ । साक्षरता जम्मा ६७ प्रतिशत छ । हामीले कृषिमा अझै राम्रो गर्न सकेका छैनौं । देश यति सुन्दर छ भन्छौँ तर पर्यटन क्षेत्रमा त्यहीअनुसारको जनशक्ति उत्पादन गर्न सकिरहेका छैनौ । बैङ्किङ क्षेत्रमा पनि त्यस्तै छ । हामीले यही देशमा रमाउने, यहीँको राष्ट्रियतालाई माया गर्ने बालबालिका उत्पादन गर्नुपर्छ, जसले गर्दा उसले भोलि जुनसुकै व्यवसायमा रहेर पनि खुसी भएर सेवा गरोस् । खाली पैसाको मात्र पछि लाग्ने भयो भने यहाँ कमाउन नसक्दा भोलि त उ विदेशिने भयो । त्यसकारण बच्चाको मनोज्ञान बुझेर अभिभावकले त्यहीअनुसार गर्नुपर्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री