आइतबार, ६ जेठ २०८१

सबै पूर्वाधारबाट सुसम्पन्न भीएस निकेतन

समयपोष्ट २०७६ साउन १ गते ११:१६

Advertisement

भीएस निकेतन पुरानो इतिहास बोकेको र गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रूपमा परिचित छ । काठमाडौँको केन्द्रमा अवस्थित यस संस्थामा नाम कहलिएका, निकै अनुभवी र पुराना शिक्षकहरू अध्यापन गराउँछन् । कलेजले समयसापेक्ष नयाँ–नयाँ प्रणाली भित्र्याएर त्यहीअनुसार विद्यार्थीलाई सिकाउने गरेको छ । सबै किसिमका भौतिक पूर्वाधारबाट यो कलेज सुसम्पन्न छ । आफ्नै सुविधासम्पन्न भवन, पर्याप्त शैक्षिक पूर्वाधार, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर ल्याब, सेमिनार भवन, रिसोर्स कक्ष, इन्टरनेट, इमेल नयाँ विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा छन् ।

हालसम्म कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको छ । कलेजबाट उत्पादन भएमा विद्यार्थीका लागि वित्तीय संस्था, बैंकहरू तथा अन्य व्यावसायिक संस्थामा आफूलाई सजिलै स्थापित गर्न तथा उच्च अध्ययनका लागि स्वदेश तथा विदेशमा छात्रवृत्ति हासिल गर्न पनि आफूलाई अग्रस्थानमा राखेका छन् । हरेक क्षेत्रमा प्रत्येक वर्ष भीएस निकेतनका विद्यार्थीले सफलता हासिल गरिरहेका छन् ।

प्लस टु अध्ययनका लागि एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू तथा बीबीएमा अध्ययन गर्न चाहने र प्लस टुमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूको रोजाइ पनि भीएस निकेतन कलेज रहेको छ । प्रायः डिस्टिङ्सन ल्याउने विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न पाउने र नियमित अनुशासित एवंं शान्त वातावरणमा प्राक्टिकल एप्रोजमा आधारित अत्यन्त अनुभवी र पुराना शिक्षकबाट अतिरिक्त सामग्रीसहित अध्यापन गराउने तथा बोर्ड परीक्षामा विद्यार्थीले प्राप्त ग्रेड पनि अत्यन्त उच्च रहने हुँदा विद्यार्थीहरूको रोजाइ पनि भीएस निकेतन कलेज नै हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री