बिहीबार, १३ वैशाख २०८१

पोर्न भिडियोबाट फैलन्छ कार्बन

समयपोष्ट २०७६ असार ३१ गते १७:१७

Advertisement

कहिल्यै सोच्नु भएको छ, पोर्न हेर्नाले पर्यावरणलाई नोक्सान पुग्नसक्छ ! हालै सार्वजनिक एक रिपोर्टलाई मान्ने हो भने पोर्न हेर्नाले पर्यावरणलाई हानी पुग्छ।

‘द सिफ्ट’ नामक फ्रान्सेली प्रोजेक्टको एक रिपोर्टअनुसार, युरोपेली देश बेल्जियम एक्लैले जति कार्बनडाअक्साइड उत्सर्जित गर्छ, विश्वभरमा पोर्नोग्राफी लाइभ स्ट्रिमिङबाट त्यति नै कार्बन फैलन्छ ।

अध्ययनका अनुसार, अनलाइन भिडियोका कारण प्रत्येक वर्ष ३० करोड टन कार्बन उत्पादन हुन्छ र यसमध्ये एक तिहाई पोर्नोग्राफी(अश्लिल चित्र)को विषयवस्तुका कारण हुन्छ ।  अध्ययनका अनुसार, उच्च गुणस्तर रिजोल्युशनको भिडियोबाट उत्पादित कार्बन अझ बढ्ने सम्भावना छ ।

लाइभ भिडियो स्ट्रिमिङबाट उत्पादन हुने कार्बनलाई कम गर्नका लागि द शिफ्ट प्रोजेक्टले केही सुझाव दिएको छ ।  सुझावमा भनिएको छ – भिडियो हेर्दा अटो प्ले अप्सनलाई बन्द गरेर राख्नुपर्छ र आवश्यक परेमा मात्रै हाई रिजोल्युसन भिडियो हेर्नुपर्छ ।

कार्बन नियन्त्रणका लागि उचित नियम बनाउन आवश्यक रहेको रिपोर्टमा बताइएको छ । यस अध्ययनमा विश्वभरमा भिडियो ट्राफिकको अध्ययन गर्ने सिस्को र सनभाइनद्धारा जारी सन् २०१८ को एक रिपोर्टको विश्लेषण गरिएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री