शुक्रबार, १६ चैत २०८०

जब साउदीकी राजकुमारीले फ्रान्समा एक युवकलाई खुट्टा चुम्न लगाइन्

समयपोष्ट २०७६ असार ३० गते ११:१२

Advertisement

साउदी अरबकी राजकुमारी हासा बिन्त सलमान अल सउदविरुद्ध फ्रान्सको एब्सेन्शियमा एक युवकले मुद्दा दर्ता गराएका छन् ।

फर्निचरको काम गर्ने फ्रान्सका पीडित अशरफ ईदले राजकुमारी हासाले आफ्नो अंगरक्षकलाई उनीमाथि कुटपिट गर्न लगाएको र आफ्नो खुट्टा चुम्न बाध्य बनाएको आरोप लगाएका छन् ।

घटना सन् २०१६ सेप्टेम्बर को हो । पीडितका अनुसार उनी फर्निचरको काम गर्नका लागि पेरिसस्थित एब्सेन्शियाको एवेन्यू फोक लक्जरी अपार्टमेन्ट पुगेका थिए । काम सकाएपछि उनले मोबाइलबाट फर्निचरको फोटो खिचे ।

उनले पुलिसलाई टिपाएको जानकारीमा भनिएको छ,‘राजकुमारीले काँचमा क्यामराको फ्ल्याश देखिन् । उनले आफ्नो तस्बिर खिचिएको ठानिन् । यस्तै भ्रमका कारण उनले अंगरक्षकमार्फत् मलाई कुट्न लगाइन् । कुटपिटका कारण हातको नाडी नै भाँच्चिएको थियो ।’

पीडितले घटना भएकै दिन पुलिसमा मुद्दा दर्ता गराएका थिए । सोधपुछपछि पुलिसले राजकुमारीलाई छोडेको थियो र उनी साउदी फर्किएकी थिइन् ।

राजकुमारीसँग कुनै प्रकारको सम्पर्क नहुँदा सन् २०१७ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मंगलबार बडीगार्ड अदालतमा उपस्थित भएको र सबै आरोप गलत भएको दाबी गरेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री