मंगलबार, ४ वैशाख २०८१

विवाह भएको दुई वर्षपछि श्रीमानको कुनै अरु महिलासँग अफेयर चलिरहेको थाहा पाएपछि….

समयपोष्ट २०७६ असार २७ गते १८:२५

Advertisement

आफ्नो ल्यापटपको अगाडि बसेकी रेचल अचानक रुन थालिन्। २०१८ को कुनै दिन थियो र उनको घर अँध्यारो र चकमन्न थियो। २८ वर्षीया रेचल आफ्ना श्रीमानसँग यही घरमा बस्दै आएकी थिइन्। तर अब उनी एक्लैछिन्।

रेचलभन्दा २०० मिलको दूरीमा उनका २६ वर्षीय श्रीमान रबको घर छ, जो सरकारी वेबसाइटमा सम्बन्ध विच्छेदकालागि बाटो हेरिरहेका छन्। रबलाई श्रीमतीले एक वर्ष पहिलानै छोडेकी हुन्।

‘उनी मानसिक रुपमा स्वस्थ छैनन्। उनी एक्लै बस्न रुचाउँछिन्। म त्यतिबेला उनलाई केही पनि दोष दिन्न थिएँ तर, अब सबै दोष उनकै देख्छु। तर यसको अर्थ उनले मलाइ छोडेपनि मलाइ केही भएन भन्ने होइन। मलाइ धेरै असर पर्यो।’ रबका दुई बच्चा छन् जसलाई उनी एक्लैले सम्हालिरहेका छन्। रब अब अगाडि बढ्न चाहन्छन्।

सेक्टेम्बरमा जारी गरिएको बेलायतको सरकारी तथ्यांक अनुसार २०१७ मा बेलायत र वेल्समा १०२, ००० हजार भन्दै धेरै सम्बन्ध विच्छेदका घटना भएका छन्। यसमा धेरै जसो मानिसले ४० वर्षको आसपासमा सम्बन्ध विच्छेद गरेका छन्। तर १२ हजार यस्ता मानिस थिए जसले रेचल र रबकै जस्तो २२–२५ वर्षको उमेरमा सम्बन्ध विच्छेद गरेका छन्।

जसले १८–१९ वर्ष या २०–२२ वर्षको उमेरमा विवाह गरेका हुन्छन्, उनीहरुको सम्बन्ध विच्छेद हुने संभावना धेरै हुन्छ। एक रिसर्चका अनुसार १९७६ मा ५० प्रतिशत यस्ता महिलाले सम्बन्ध विच्छेद गरेका थिए, जसले २०–२२ वर्षको उमेरमा विवाह गरेका थिए। विवाह गरेको तीन वर्षपछि उनीहरुले सम्बन्ध विच्छेद गरेका थिए। रेचलले पनि यस्तै उमेरमा विवाह गरेकी थिइन्।

‘यो निकै दर्दनाक अवस्था थियो। दुई वर्षसम्म मलाइ यस्तो लाग्यो की मेरो व्यत्तित्व कसैले कुल्चिरहेको थियो। मलाइ थाहा छ यो नाटकीय लाग्छ, तर यस्तो मैले कहिल्यै अनुभव गरेकी थिइन। यो सम्बन्धले मलाई निकै दुख दियो। यो सम्बन्ध सधैंकालागि होला भन्ने मैले सोचेकी थिएँ तर अचानक समाप्त भयो,’ रेचनलले भनिन्।

जब एक विवाहमा भावनात्मक रुपमा नकारात्मक असर पर्छ, त्यसपछि दुवैबीचको सम्बन्धमा चिसोपना आउन सुरु हुन्छ। रेचल र रब दुवै पीडित जस्तै देखिन्छन्।

‘हाम्रो विवाह भएको दुई वर्षपछि मलाइ थाहा भयो मेरा श्रीमानको कुनै अरु महिलासँग अफेयर चलिरहेको रहेछ। यो थाहा पाएपछि मलाइ निकै नरमाइलो लाग्यो। तै पनि म हाम्रो सम्बन्ध विच्छेद होस भन्ने चाहन्न थिएँ। त्यसै कारण ६ महिनासम्म यो कुरालाई लुकाएर हामीले सम्बन्धलाई जोगाएका थियौं,’ उनले भनिन्।

तर विश्वास नरहेपछि सम्बन्धमा चिसोपना आउन थाल्यो र अन्तिममा रेचल र रबबीच सम्बन्ध विच्छेद भयो। तर त्यसकालागि धेरै समस्याको सामना गर्नुपर्यो। बीबीसी।

प्रतिक्रिया

सम्बन्धित सामाग्री