शनिबार, ८ वैशाख २०८१

बैंक अफ काठमाण्डूको सहायक प्रमुख कार्यकारी अधिकृतमा बिमल डागा नियुक्त

समयपोष्ट २०७६ असार २७ गते १२:३८

Advertisement

बैंक अफ काठमाण्डू लि.को सहायक प्रमुख कार्यकारी अधिकृतमा बिमल डागा नियुक्त भएका छन् ।

स्टयान्डर्ड चार्टर्डबाट बैंकिङ्ग करियर सुरु गरेका उनको २६ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव रहेको छ । कर्जा व्यवसाय तथा कर्जा जोखिम व्यवस्थापनमा विज्ञता हासिल गरेका उनले स्टयान्डर्ड चार्टर्ड बैंकमा १३ वर्ष तथा एनआईसी तथा मर्जपछि एनआईसी एसीयामा १३ वर्ष कार्य सम्पादनको अनुभव संगालेका छन् ।

बैंक अफ काठमाण्डूमा नियुक्ति हुनु अघि उनी बैंकिङ्ग तालीम प्रदान गर्ने संस्थाहरु बिआइएम र एनबिआई मा तालिम कर्ताको रुपमा सक्रिय रहेका थिए ।
उनले दिल्लीको श्रीराम कलेजबाट स्नातक साथै काठमाडौँ विश्व विद्यालयबाट एमबिए गरेका छन् । बैंकले उनको कर्जा व्यवसाय र जोखिम व्यवसथापनको लामो अनुभवबाट बैंकको समस्त व्यपार विस्तार तथा जोखिम व्यवसथापनमा थप सुधार हुने विश्वास लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री