शनिबार, ८ वैशाख २०८१

सेञ्चुरी बैंकले १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद निश्कासन गर्यो

समयपोष्ट २०७४ साउन १६ गते ११:०५

सेन्चुरी कर्मशियल बैंकले ४० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ ।  

Advertisement

बैंकले १० बराबर ४ कित्ता अनुपातमा १ सय रुपैयाँ अंकित दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद निश्कासन गरेको हो ।

बैंकको हकप्रदमा गत असार २६ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकको सेयर विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

लगानीकर्ताले  सिभिल क्यापिटल सिटिसि मल सुन्धारा, तथा सेञ्चुरी बैंकका सबै शाखा कार्यालयबाट भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

चुक्ता पूँजी ४ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको बैंकको ४० हकप्रद बिक्री पश्चात चुक्ता पूँजी ६ अर्ब ६० करोड ३० लाख रुपैयाँ पुग्नेछ ।

यसअघि सेञ्चुरीमा गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले समेत हकप्रदमा आवेदन गर्न पाउनेछन् । 

सेञ्चुरीले सगरमाथा फाईनान्सलाई समेत आफुमा विलय गराएर एकीकृत कारोबार सुरु गरिसकेको  छ । यो हकप्रदमा साबिकका सगरमाथा फाइनान्सका सेयरधनीले भने आवेदन दिन पाउने छैनन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री