बुधबार, १२ वैशाख २०८१

टेलिकमले चुक्ता पूँजी भन्दा बढी नाफा कमायो

समयपोष्ट २०७४ साउन १६ गते १०:४१

नेपाल टेलिकमले गत आर्थिक बर्षमा १५ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको छ । चुक्ता पूँजी १५ अर्ब रहेको कम्पनीको नाफा चुक्ता पूँजी भन्दा ४२ करोड रुपैयाँ बढी हो । कम्पनीले अघिल्लो आर्थिक बर्षमा ११ अर्ब २० करोड रुपैयाँ नाफा गरेको थियो । 

Advertisement

चालु आर्थिक वर्षमा १६ अर्ब २९ करोड रुपैयाँ नाफा र्पुयाउने लक्ष्य लिएको कम्पनीको  सेयर मूल्य ६७० रुपैयाँ हाराहारी रहेको छ ।

गत आवमा कम्पनीले कुल ४४ अर्ब ६८ करोड रुपैयाँ कारोबार गरेको थियो । कम्पनीले चालु आर्थिक बर्षमा साढे ४९ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ ।

कम्पनीमा ९२ प्रतिशत सरकारी र बाँकी ८ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री