शुक्रबार, १४ वैशाख २०८१

माछापुच्छ्रे बैंकले गर्याे सरसफाई कार्यक्रम

समयपोष्ट २०७४ साउन १५ गते १२:१५

माछापुच्छ्रे बैंक तथा तेस्रो  आँखा युवा क्लवको सहकार्यमा नयाँ बानेश्वरमा बृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ ।  
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत  सरसफाई तथा चेतना अभियानको १२० औं हप्ताको कार्यक्रमलाई सहयोग गर्दै उक्त स्थानमा बृहत सरसफाई कार्यक्रम संचालन गरेको हो । माछापुच्छ्रे बैंकको नयाँ बानेश्वर शाखावाट सुरु भएको कार्यक्रम बुद्धनगरस्थित डी.डी.आई ब्यांकेटमा पुगेर समापन भएको थियो । 
बैकले २०७३ साल चैत्र मसान्तसम्म रु ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. १ अर्व ५१ लाख खुद मुनाफा गरेको छ । यस बैकले दैनिक बैकिङ्ग कारोबार संचालन गर्न प्रयोग गरेको  बैकिङ सफ्टवेयर, ग्लोबस बिश्वमानै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् ।  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री