बुधबार, १२ वैशाख २०८१

नवनियुक्त १९ मन्त्रीद्वारा सपथ ग्रहण

समयपोष्ट २०७४ साउन ११ गते ११:४९

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस,माओवादी, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त लगायत दललाई समेटेर मन्त्रिमण्डल बिस्तार गरेका छन् ।  बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका छन् । 

Advertisement

आज विस्तार भएको मन्त्रीमण्डलमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यलयमा सपथ लिएका छन् ।विस्तारित मन्त्रिमण्डलमा गिरिराजमणि पोखरेल–स्वास्थ्य, टेकबहादुर बस्नेत–सामान्य प्रशासन, शिवकुमार मण्डल–आपुर्ति,  महेन्द्रबहादुर शाही–उर्जा, सन्तकुमार थारु चौधरी–पशुपंक्षी, आशा खनाल–महिला बालबिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै फोरम लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव–नागरिक उड्डयन र गोपाल दहित–भुमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

कांग्रसका पौडेल समुहबाट रामकृष्ण यादवले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राजन केसीले युवा तथा खेलकुद, सञ्जय गौतमले शहरी विकास र यज्ञबहादुर थापाले कानुन मन्त्रालय पाएका छन् । त्यस्तै देउवा समूहकाः मीन विश्वकर्माले बाणिज्य  वीरबहादुर बलायर–भौतिक योजना तथा निर्माण, अम्बिका बस्नेतले गरिवी मन्त्रालय पाएका छन् ।

महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी पाएका छन् भने मिथिला चौधरीले बाताबरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै खुमबहादुर खड्का समूहका मोहनबहादुर बस्नेतले सञ्चार र सिटौला समूहका भीमसेनदास प्रधान–रक्षामन्त्रालयको जिम्मेवारी पाएका छन् । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री