शनिबार, १५ वैशाख २०८१

साझा र विवेकशीलबिच एकीकरण भयो

समयपोष्ट २०७४ साउन ११ गते ९:१५

अन्तत साझा पार्टी र विवेकशील नेपाल दल बुधबार एक भएका छन् । एकीकृत नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी तय गरिएको छ । सम्झौताअनुसार दुवै पार्टीबाट १७/१७ गरी ३४ जनाको केन्द्रीय समिति गठन गरिएको छ। 

Advertisement

नयाँ पार्टीमा प्रत्येक प्रदेशबाट कम्तिमा १/१ जना प्रदेश संयोजक रहनेगरी ७ जना सदस्य केन्द्रीय समितिमा रहनेछन् । केन्द्रीय समिति विस्तार गरी महाधिवेशनसम्ममा ५१ जनासम्म पुर्‍याउन सकिने व्यवस्था गरिएको छ । हाल साझा पार्टीले प्रयोग गरिरहेको लोगो तराजु नयाँ पार्टीको चुनाब चिन्ह रहनेछ।

पार्टी सञ्चालनका लागि दुवै पार्टीबाट ४/४ जना रहेनगरी एउटा संयोजन समिति निर्माण गरिएको छ। समितिमा दुई सह-संयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापा रहनेछन्। पार्टीका बैठहरुको अध्यक्षता रवीन्द्र मिश्रले गर्नेछन् । संयोजन समितिमा अन्य सदस्यमा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादब, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य रहनेछन्।

४ केन्द्रीय सदस्य पछि थप हुँने गरी थप केन्द्रीय सदस्यहरुमा अब्दुस मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन श्रेष्ठ, दिनेश प्रसाईं, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रन्जु न्यौपाने, रमेश महर्जन, राम शाह, रेशु अर्याल, शशिविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, सोभित परियार र ज्ञानेन्द्र निरौला रहेका छन्। 

पार्टी एकीकरणसँगै एक स्वायत्त अनुशासन आयोग गठन गर्ने र त्यसले पार्टी नेतृत्व र सदस्यमाथि अनुशासनको कारवाही गर्ने न्यायिधक अधिकार प्रयोग गर्ने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री