शुक्रबार, ७ वैशाख २०८१

सानिमाको नाफा एक अर्ब ३० करोड पुग्यो

समयपोष्ट २०७४ साउन ११ गते ७:०२

सानिमा बैंकको नाफा एक अर्ब ३० करोड रुपैयाँ पुगेको छ । बैंकले ९९ करोड ६० लाख रुपैयाँको मुनाफालाई एक बर्षमा एक अर्ब ३० करोड पुर्याएको हो । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४२ करोड रुपैयाँ  रहेको छ । बैंकको जगेडा कोषमा दुर्इ अर्ब १६ करोड रुपैयाँ संकलन भएको छ। 

Advertisement

बैंकले गत आर्थिक बर्षमा ५८ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५१ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक बर्षमा ६ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको बैंकको चक्ता पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ थियो।

 बैंकको पूँजी कोष अनुपात १५.५५ प्रतिशत पुगेको छ ।  बैंकको खराब कर्जा ०.०१ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री