शुक्रबार, १४ वैशाख २०८१

साझा र विवेकशीलबिच आज एकता हुँने

समयपोष्ट २०७४ साउन ११ गते ६:३८

 रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जवल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीबिच आज एकता हुँने भएको छ । वैकल्पिक राजनीतिक शक्तिका रुपमा रहेका यि दुई पार्टीबिच नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट दिउँसो १ः३० बजे एकीकरणको घोषणा हुँदैछ।

Advertisement

एकीकरणपछि पार्टीको नाम विवेकशील साझा पार्टी हुँने र पार्टी सञ्चालनका लागि केन्द्रीय संयोजन समिति बन्नेछ । मिश्र र थापाको सामूहिक नेतृत्वमा पार्टीको काम कारबाही अघि बढ्नेछन्।

विवेकशील दोस्रो संविधान सभा निर्वाचनदेखि दलीय हैसियतमा राजनीतिमा छ भने साझा पार्टी गत वर्षमात्र स्थापित भएको हो।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री