शनिबार, १५ वैशाख २०८१

भदौ १३ देखी भृकुटिमण्डपमा यसरी हुँदैछ कुम्भ मेला

समयपोष्ट २०७४ साउन ११ गते ४:५६

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा भदौ १३ देखि १८ गतेसम्म सम्पन्न हुने नाडा अटो शोमा २०१७ मा ८३ कम्पनीले सहभागिता जनाउने भएका छन् ।
१६ वटा चारपांग्रे सवारी, १९ वटा दुईपांग्रे सवारी र ६ वटा कमर्सियल सवारी कम्पनिले स्टल राख्ने छन । यस्तै ८ वटा बाणिज्य बैंक, १ बिमा कम्पनी ,३३ वटा स्पेयर पार्ट्स तथा लुब्रिकेन्ट कम्पनीहरुले स्टल राख्ने बताइएको छ ।
अटो शोमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरुको सहभागिता रहने छ । नाडाले प्रत्येक वर्ष गर्दै आएको अटो शोमा नयाँ गाडी तथा अटोमोबाइल सम्बन्धी सम्पुर्ण जानकारी लिन उपयोगी हुँदै आएको छ ।   

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री