शनिबार, १५ वैशाख २०८१

भूकम्पपीडितले राहत रकम पाए

समयपोष्ट २०७४ साउन १० गते ६:४६

भूकम्पपीडितका लागि पहिलो किस्ताबापत खोटाङमा हालसम्म रु ३६ करोड तीन लाख ७७ हजार रकम वितरण गरिएको छ । पीडितका लागि जिल्लामा रु ३७ करोड ५१ लाख १७ हजार रकम उपलब्ध भएको थियो । 

Advertisement

कूल आठ हजार ४४३ लाभग्राही रहेको यस जिल्लामा पुरानो संरचनाअनुसार दुर्छिम र चिप्रिङ गाविसबाहेकका लाभग्राहीलाई उक्त बराबरको रकम वितरण गरिएको हो । 
तथ्याङ्क संकलनका क्रममा दुर्छिम र चिप्रिङ गाविसका लाभग्राहीको नाम र सम्झौता नम्बर फरक परेकाले तत्काल वितरण गर्न नसकिएको आयोजनाका निर्देशक ईश्वरचन्द्र मरहट्टाले जानकारी दिए । मरहट्टाका अनुसार त्यस्ता लाभग्राहीको हकमा विवरण सच्चाउँने काम भैरहेको र प्राविधिक कुरा मिल्नासाथ रकम वितरण गरिने बताए । 

पहिलो किस्ताबापतको रकम आगामी कात्तिक मसान्तसम्म वितरण गरिने जनाइएको छ । लाभग्राहीका लागि जिल्लामा राष्ट्रिय वाणिज्य बैंक, सेन्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाडौँ र सालपा विकास बैंकमार्फत भुक्तानी दिने व्यवस्था मिलाइएको बताइएको छ । 

कमप्रभावित १७ जिल्लामध्ये लाभग्राहीका लागि छिटो रकम वितरण गर्नेमा खोटाङ पहिलो भएको दाबीसमेत गरिएको छ । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि जिल्लामा पुनःनिर्माणको काम भने प्रभावकारी रुपमा हुन सकेको छैन । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री