बिहीबार, १३ वैशाख २०८१

नेपाललार्इ ९० रनको लक्ष्य

समयपोष्ट २०७४ साउन ९ गते ६:२३

आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । 

Advertisement

सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । प्रारम्भिक ब्याट्सम्यान सफिउल्ला मलिकलाई शून्यमा गुमाएको मलेसियाका लागि साएद अजिज मुबारक र कप्तान विरानदीप सिंहले ५८ रनको साझेदारी गरे । 

अजिजले सर्वाधिक ४६ रन बनाए । विरनादीपले १० रन जोडे । मलेसियाका चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्के । 

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिए । साहब आलमले दुई तथा रिजन ढकालले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री