बिहीबार, १३ वैशाख २०८१

बजेट र मौद्रिक नीतिवीच तालमेल नमिलेको निजी क्षेत्रको ठहर

समयपोष्ट २०७४ साउन ७ गते ८:१०

सरकारले चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट र हालै आएको मौद्रिक नीतिबीच तालमेल नमिलेको निजी क्षेत्रका प्रतिनिधिले जनाएका छन् ।

Advertisement

बजेट ठूलो आकारको आएको र यसले थुप्रै लक्ष्य वोकेको भएपनि त्यसलाई कार्यान्वयनका लागि मौद्रिक नीतिमा भएको व्यवस्था प्रभावकारी नरहेको उनीहरुले बताए । 
नेपाल व्यवस्थापन संघले वजेट र मौद्रिक नीतिका विषयमा छलफल गर्न राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सकारले वजेट राम्रो ल्याएको भएपनि खर्च गर्न नसक्दा त्यसको प्रभावकारीता नदेखिएको बताए । उनले निर्यात व्यापार वढाउने खालको वजेट आउनु पर्ने त्यसलाई मौद्रिक नीतिले पनि सहयोग गर्नुपर्ने बताए । 

यस्तै, नेपाल चेम्वर अफ कमर्सका अन्र्तराष्ट्रिय समिति सदस्य महेश श्रेष्ठले जनप्रतिनिधी निर्वाचित भएपछि कर बढाएको र व्यवसायीलाई थप समस्यामा पारेको वताए । जसले महंगी बढाउने काम गरिरहेको बताए । उनले सरकार ल्याएको बजेटमा औद्योगिक विकास भनेपनि मौद्रिक नीतिमा कतिपय सीमा तोकिदा समस्या भएको वताए । वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले भने मौद्रिक नीतिले व्यवसायीलाई समस्या नपारेको तर्क गरे । यदपी, विकास खर्च वढ्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री