शनिबार, १५ वैशाख २०८१

आयोगले सार्वजनिक गर्यो २ नम्बर प्रदेश स्थानीय तह निर्वाचन कार्यतालिका

समयपोष्ट २०७४ साउन ५ गते ७:३४

निर्वाचन आयोगले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यतालिका अनुसार भदौ २१ गते मनोनयन दर्ताको कार्यक्रम छ । यसरी दर्ता भएका मनोनयनपत्र उपर दाबी विरोध उजुरी, छानबिन गरेर भदौ २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहको छ ।

Advertisement

यसरी तय गरिएका उम्मेदवारमध्येबाट सम्बन्धित नगर र गाउँपालिकाका मतदाताले असोज २ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरी आफ्नो जनप्रतिनिधिको चयन हुनेछ । 

असोज २ गते हुँने तेस्रो चरणको निर्वाचनमा ८ जिल्ला अन्तर्गत १ सय २७ स्थानीय तहमा निर्वाचन हुँदैछ । यसअघि वैशाख ३१ गते पहिलो चरणमा २ सय ८३ र असार १४ गते दोस्रो चरणमा ३ सय ३४ स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री