शुक्रबार, १६ चैत २०८०

गोसाइँकुण्ड स्नान गर्न जाने भक्तजनका लागि स्वास्थ्य शिविर राखिने

समयपोष्ट २०७४ साउन ५ गते ५:१९

गोसाइँकुण्ड स्नान गर्न जाने भक्तजनका लागि प्राथमिक उपचार सेवा पुर्याउँन धार्मिक मार्गका उच्च भागमा स्वास्थ्य शिविर सञ्चालन गराउने तय भएको छ । 

Advertisement

सांसद छोवाङ तेन्जिङ तामाङको प्रमुख आतिथ्य र प्रजिअ एवं गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक चोमेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न गोसाइँकुण्ड मेला व्यवसाय समितिको पहिलो बैठकले गोसाइँकुण्ड, गणेश गौडा, लौरीविनायक र चोलाङपाटीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए । 

हिमालय उद्धार संघले गोसाइँकुण्डमा र नेपाली सेनाको कालिजङ्ग गणले चोलाङपाटीमा र अन्यलाई जिल्ला स्वास्थ्य कार्यालयले स्थान तोक्ने निर्णय भएको बताइएको छ । 

साउन १३ गते सम्पन्न हुने जनैपूर्णिमा मेलाको व्यवस्थापन मर्यादित बनाउन विभिन्न सातवटा उपसमिति समेत गठन भएको अध्यक्ष डिएमले बताए । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री