शुक्रबार, १४ वैशाख २०८१

ओम डेभलपमेन्ट बैंकको सेयर कारोबार सुरु

समयपोष्ट २०७४ साउन ३ गते ८:५७

ओम डेभलपमेन्ट बैंकको सेयर कारोबार आजबाट सुरु भएको छ । बैंकको सेयरमूल्य  नेप्सेमा समायोजन भएपछि  सेयर कारोबार सुरु भएको  हो । 

Advertisement

बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको २९.२ प्रतिशत बोनसलाई समायोजन गरी प्रतिकित्ता सेयरमूल्य ४८७ रुपैयाँ निर्धारण गरेको छ । सेयरमूल्य समायोजनपछि बैंकको सेयर मंगलबार ४८७ रुपैयाँमा कारोबार खुला गरिएको छ । 

मनास्लु विकास बैंकसँगको मर्जर प्रक्रियाका कारण २०७३ असोज २१ गतेदेखि बैंकको सेयर कारोबार रोकिएको थियो । एकीकृत कारोबार थालेको एक महिनापछि  सेयर कारोबार खुला भएको हो ।

नेप्सेका अनुसार  बैंकको औषत आधारमूल्य ३८० रुपैयाँ रहेको  छ । मनास्लु गाभिएपछि ओमको चुक्ता पुँजी १ अर्ब ६४ करोड ३९ लाख ४४ हजार ७९५ रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री