बुधबार, १२ वैशाख २०८१

टेलिकमको सहयोगमा भूकम्प प्रभावित ६ जिल्लाका विद्यालयमा सूचना प्रविधि केन्द्र

समयपोष्ट २०७४ साउन ३ गते ५:२८

नेपाल टेलिकमको सहयोगमा भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा  सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर) स्थापना भएको छ ।टेलिकमले शारदा मा.वि. प्याउली भोजपुर, रत्नचुण्डेश्वर मावि पानीमुण्डे बनेपा, सगरमाथा मावि ओखलढुङ्गा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतिदेवी मावि सालु रामेछापमा आईसीटी सेन्टर स्थापना गर्न सहयोग गरेको हो ।

Advertisement

 टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्ला मध्ये काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक अन्य ११ जिल्लामा आईसीटी सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो ।

 टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, पि्रन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रुपमा ३० जीजी डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

सोलुखुम्बुको जीवन ज्योति मावि नेलमा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने तयारी टेलिकमको छ । 

नेपाल टेलिकमले गत आ.व. २०७२/७३ मा पनि पशुपति कन्या मावि चरिकोट दोलखा, ज्ञानमन्दिर नमूना मावि मेलचौर सिन्धुपाल्चोक, दशरथचन्द मावि छत्रेदेउराली धादिङ, रसुवा उच्च मावि धुन्चे रसुवा र विन्द्रावति उच्च मावि मसेल गोरखामा आईसीटी सेन्टर स्थापना गरी सेवा उपलब्ध गराईरहेको छ । 

यसैगरी  टेलिकमले नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा, गोरखा र भोजपुर जिल्लाका एक/एक वटा सामुदायिक विद्यालयमा आईसीटी सेन्टर स्थापना गरिएको छ ।

यी आईसीटी सेन्टरमा विद्यार्थी तथा शिक्षकले इन्टरनेट मार्फत विभिन्न सुविधा उपभोग गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री