बिहीबार, १३ वैशाख २०८१

आर्थिक विकासका लागि नेपाल भारतबीचको रेल्वे सञ्जाललाई मुख्य शहरसम्म पुग्ने परियोजना बनाउनुपर्छ : राजदूत पुरी

समयपोष्ट २०७४ साउन ३ गते ४:४६

नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले नेपाल अवसर नै अवसर भएको मुलुक भएकोले  नेपाल र भारतको आर्थिक समृद्धिका लागि दुबै देश बीचको सहकार्य आवश्यक रहेको बताएका छन । 
नेपाल चेम्बर अफ कमर्सले राजदूत मन्जीवसिंह पुरीको स्वागतमा सोमवार आयोजना गरेको कार्यक्रममा बोलदै उनले नेपालको आर्थिक विकासका लागि भारतको सधैं सहयोग रहने बताए । भारतले नेपालका ठूला आयोजनामा लगानी गरिरहेको र पुराना आयोजनाका काम पनि अगाडि बढ्ने विश्वास उनले दिलाए । 
भारतबाट आयात गरिने सामानका लागि जयनगरदेखि जनकपुरसम्मको रेल सञ्चालनको काम अगाडि बढेको र अन्य क्षेत्रबाट रेल सञ्चालन गर्ने विषयमा काम अगाडि बढाउने तयारी भएको उनको भनाइ थियो । उनले दुवै देशको आर्थिक विकासका लागि दुई देशबीचको सडक, रेल्वे सञ्जाललाई मुख्य शहरसम्म पुग्ने गरी परियोजना बनाउनुपर्नेमा जोड दिए । 
राजदूत पुरीले चीनले अघि सारेको पाकिस्तानको बाटो भएर जाने ओबर परियोजनामा असुरक्षा रहेकाले भारत त्यसमा सहमत हुन नसकेको भन्दै भारतका लागि ओबरभन्दा एशिया अफ्रिका व्यापार मार्ग उपयुक्त रहने बताए ।
चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले उद्योग, पर्यटन, जलविद्युतलगायत नेपालका ठूल्ठूला आयोजनामा लगानीका लागि भारत सरकारसँग आग्रह गर्दै दुवै देशको आर्थिक विकासका लागि दुई देशबीचको सडक, रेल्वे सञ्जाललाई मुख्य शहरसम्म पुग्ने गरी परियोजना बनाउनुपर्नेमा बताए । 
उनले चीनले अगाडि बढाएको ओबर परियोजनामा नेपाल सहभागी भएको भन्दै भारतले अगाडि बढाएको जापान हुंदै अफ्रिका जोड्ने परियोजनामा पनि सहयोगी हुन तयार रहेको बताए। 

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री