शुक्रबार, १४ वैशाख २०८१

नयाँ आर्थिक बर्षको पहिलो दिन  बजार झिनो अंकले बृद्धि, सूर्यालाइफको सेयरमा लगानीकर्ताको आर्कषण

समयपोष्ट २०७४ साउन १ गते १०:५६

आर्थिक बर्ष २०७४ / ७५ को पहिलो दिन आइतवार  सेयर बजार झिनो अंकले बृद्धि भएको छ । आइतबार नेप्से शुन्य दशमलव ९० अंकले बढेर १५८३.५७ विन्दुमा पुगेको छ । कुल १४९ कम्पनीका करिब १२ लाख ९४ हजार कित्ता सेयर करिब रु ६८ करोड १३ लाख मूल्यमा कारोबार भएको छ । उपसूचकमा बैंकिङ २.४१, वित्त क्षेत्र १०।९३ र बीमा समूह १.४८ बिन्दुले बढे भने विकास बैंक ०.४४, जलविद्युत ८.९१, होटल ५.८२, उत्पादन समूह ०.२१ र अन्य समूह भने ५.५ अंकले ओरालो लागेको छ । 
आज सूर्यालाइफ इन्स्योरेन्सको २४ करोड बढीको संस्थापक सेयरको किनबेच भएको छ । फरवार्ड माइक्रोफाइनान्सको ५ करोड ३५ लाख तथा प्राइम लाइफको चार करोड ६५ लाख बराबरको सेयर किनबेच भयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री