शुक्रबार, ७ वैशाख २०८१

फोटो सहितको मतदाता नामावली संकलन सुरु,नामावलीमा त्रुटि भए सच्याउन सकिने

समयपोष्ट २०७४ साउन १ गते ६:४४

निर्वाचन आयोगले आईतबारबाट पुनः फोटो सहितको मतदाता नामावली संकलन सुरु गरेको छ ।

Advertisement

आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गरेको  हो ।

साउन १५ गतेसम्म नाम दर्ता तथा अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ ।  तर, यसका लागि भने जिल्ला सदरमुकाममा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा  जानुपर्ने  छ ।

यसैगरी आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न सुचित गरेको छ । 

यसअघि जहाँ सुकैको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्नेछन् ।

तर, स्थानीय तहको निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा नाम भएकाहरुले भने पुनः नाम लेखाउनु पर्नेछैन । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री