शुक्रबार, १४ वैशाख २०८१

डोलेश्वर महादेव मन्दिरमा साउने मेलाको सम्पूर्ण तयारी पूरा,दर्शनार्थीलाई टोकनको ब्यवस्था

समयपोष्ट २०७४ असार ३१ गते ९:५३

सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा भोलिदेखि सुरु हुने साउने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

Advertisement

डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले डोलेश्वर मन्दिरमा भोलिबाट ३८ दिनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । 

साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेशमन्दिरदेखि केदारनाथको शिर डोलेश्वर मन्दिरसम्म कलशयात्रा गरी समुद्घाटनसँगै मेला सुरु हुने उनले बताए । 

आगामी भदौ ६ गतेसम्म सञ्चालन हुने मेलामा रु दुई करोड बराबरको आर्थिक तथा जिन्सी संकलन गर्ने लक्ष्य राखेको उनको भनाइ थियो । गत वर्षको साउन मेलामा रु एक करोड ६६ लाख संकलन गरेको बताउँदै उनले यसवर्ष रकम थप हुने र संकलित रकम मन्दिरको गुरुयोजना निर्माणमै खर्च गरिने जानकारी दिए । 
मेला भर्न नेपाल र विभिन्न देशबाट करिब २० लाख दर्शनार्थी आउने अनुमान गर्दै लाइन बसेको एक घण्टामै दर्शन गर्ने व्यवस्था मिलाएको समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिए । 

लाइन नमिचियोस भनेर लाइनमा बस्नेलाई १ नम्बरदेखि १०० सम्मको टोकन बाँड्ने र त्यही टोकनको नम्बरअनुसार लाइन बस्ने व्यवस्था गरिएको उनको  भनाइ छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री