शुक्रबार, १४ वैशाख २०८१

एनमबि बैंकको नगद लाभांश वितरण सुरु

समयपोष्ट २०७४ असार ३० गते ७:५३

एनमबि बैंकले नगद लाभांश वितरण सुरु गरेको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट बिहीबारदेखि एक प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो । बैंकले २०७२ असोज ३० गतेसम्म कायम रहेको सेयरधनीलाई नगद लाभांश वितरण गरेको छ । 

Advertisement

बैंकले असार २९ गतेदेखि साउन १० गतेसम्म सेयरधनीको बर्णानुक्रम अनुसार क्रमबद्ध रुपमा एनएमबि क्यापिटल नागपोखरी नक्सालबाट नगद वितरण गरिरहेको छ । सो समयमा नगद संकलन गर्न नसक्ने सेयरधनीले साउन ११ गतेपछि संकलन गर्न सक्ने एनएमबि क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार २०७२ कात्तिक १ गतेदेखि २०७३ पुस ७ गतेसम्म सेयर किनेर कायम रहेका सेयरधनीको हकमा भने बोनसमा कर लाग्ने हुँदा सेयरधनीले नगद लाभांश फिर्ता पाउँने छैनन् ।  

आयकर ऐन २०५८ को दफा ४७ (क) अनुसार गाभिएको मितिले दुई बर्षभित्र गाभिएको अवस्थामा कायम भएका सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको छ ।

यसअनुसार एनएमबि क्यापिटलले २०७२ असोज मसान्तसम्म कायम रहेका सेयधनीलाई २१ औं साधारणसभाले पारित गरेको एक प्रतिशत बापतको नगद रकम वितरण थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री