शुक्रबार, ७ वैशाख २०८१

चालु आर्थिक बर्षको अन्तिम दिन सेयरबजार ओरालो लाग्यो, नेप्से ४.८९ अंकले घटेर १५८२.६७मा 

समयपोष्ट २०७४ असार २९ गते १०:२९

चालु आर्थिक बर्षको अन्तिम दिन सेयरबजारमा नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से ४.८९ अंकले घटेर १५८२.६७ विन्दुमा झरेकोे छ । कारोबारमा आएका अन्य बाहेक सबै समूहका सूचक घटेपछि समग्र बजारमा गिरावट आएको छ । आज झण्डै ७५ करोड बराबरको सेयर किनबेच भएको छ । १५० कम्पनीको कारोबार भएको बजारमा २० लाख ४० हजार कित्ता सेयर ७४ करोड ६४ लाख रुपैयाँ बराबरमा किनबेच भए । यसदिन समग्र बजार पूँजीकरण १८ खर्ब ५६ अर्ब कायम भएको छ ।
यसदिन वाणिज्य बैंक समूह ४.७३, विकास बैंक ५.९७, बीमा ५३.६७ अंक, जलविद्युत ६.४२, वित्त ७.०१ र उत्पादन समूह ३४ अंकले ओरालो लागेका छन । अन्य समूह भने ११ अंकले उकालो लागेको छ । 
आज चार कम्पनीका लगानीकर्ताले झण्डै दश प्रतिशतका दरले कमाए । यसदिन कुवेर मर्चेन्ट फाइनान्स, ग्लोबल आइएमई समुन्नत योजना एक, दिव्यश्वरी हाइड्रो र नेशनल माइक्रोफाइनान्सको सेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । मिथिला लघुवित्त र अरुण फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै पाँच प्रतिशत बढीले ओरालो लागेको छ । पोखरा फाइनान्स, सूर्या लाइफ, रिलायन्स फाइनान्स, वल्र्ड मर्चेन्ट लगायतको कम्पनीको सेयरमूल्य घटेको छ ।
आज शेयर बजारमा फरवार्ड माइक्रोफाइनान्सको सबैभन्दा धेरै १२ करोड ८८ लाख बराबरको सेयर किनबेच भएको छ । नेपाल लाइफको पनि चार करोड ५७ लाख बराबरको कारोबार भयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री