शुक्रबार, ७ वैशाख २०८१

नेपाल इन्भेष्टमेण्ट बैंकको संयुक्त कारोबार सुरु, चुक्तापूँजी ९ अर्ब २४ करोड

समयपोष्ट २०७४ असार २९ गते ४:२१

नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई प्राप्ति गरी आजदेखी नेपालइन्भेष्टमेण्ट बैंकको नाममाबाट संयुक्त कारोबार सुरु गरेको छ । ।
यी दुइ संस्थाको स्वाप खरिद रेसियो १०० बराबर ४१ कायम गरिएको छ । दुइ संस्था मर्जरपछि एनआईबिएलको चुक्तापूँजी ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । ८ अर्ब ७८ करोड चुक्तापूँजी रहेको थियो भने एस डेभलपमेन्ट प्राप्तिबाट ४६ करोड थपिएको हो । निजी क्षेत्रले लगानी गरेको सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बनेको छ ।

Advertisement

एसको प्राप्तिपछि पनि एनआईबिएलको संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत साविककै रहने छ भने, एनआईबिएलको दरबारमार्ग स्थित कार्यालय नै प्रधान कार्यालय हुने छ । प्राप्तिपछि एनआईबिएलको कुल निक्षेप १ सय २४ अर्ब र कूलकर्जा १ सय ७ अर्ब पुगेको छ ।शाखा संख्या ६१ भएको छ । एटिएम संख्या ९८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री