शुक्रबार, १४ वैशाख २०८१

बम फ्याक्ने हवल्दारले भेटे गृहमन्त्री शर्मालाई 

समयपोष्ट २०७४ असार २७ गते ९:४२

दाङको तुल्सिपुर स्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्काल टिपेर मतदान स्थल बाहिर फालेका हवल्दार दुर्गा बहादुर रानाले गृहमन्त्री जनार्दन शर्मालाई भेटेका छन् ।

Advertisement

सोमबार गृहमन्त्रालयमा पुगेका हवल्दार लाई गृहमन्त्री शर्माले उनको बहादुरीको प्रशंसा गर्दै थप राम्रो काम गर्न हौसलादिए । ‘तपाईले राम्रो काम गर्नुभयो, थप राम्रो काम गर्दै जानुस उचित मुल्यांकन हुन्छ ।’ गृहमन्त्री शर्माले भने ।
दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङ, तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षीत गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षती हुनबाट जोगाएका थिए ।
असार १४ गते मतदान कार्य सम्पन्न हुनासाथ गृहमन्त्री शर्माले हवल्दार रानालाई फोन गरेर बधाई दिएका थिए ।  
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री