शनिबार, १५ वैशाख २०८१

सेयर बजारमा गिरावट, नेप्से ८.९३ अंकले घटेर १५७५.२२ विन्दुमा झर्यो

समयपोष्ट २०७४ असार २६ गते १२:५४

सेयरबजारमा आज नेप्से परिसूचक तथा कारोबार रकम दुवैमा गिरावट आएको छ ।  आज नेप्से ८.९३ अंकले झरेको छ भने ६९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।  यसदिन सोल्टी होटलको सेयर सबैभन्दा बढी ७ करोड ३३ लाख बराबरको किनेबेच भयो ।

Advertisement

नेपाल लाइफ र सेञ्चुरी बैंकको पनि साढे तीन करोड बढीको कारोबार भयो । यसदिन वर्ल्ड मर्चेन्ट, कुबेर मर्चेन्ट, अरुण फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतको सेयरमूल्य बढेको छ भने प्रोग्रेसिभ फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, एनबी इन्स्योरेन्स तथा एनएमबि बैंक लगायतको सेयरमूल्य घटेको छ । सोमबार नेप्से १५७५.२२ विन्दुमा आइपुगेको छ । समग्र बजार पूँजीकरण १८ खर्ब ४६ अर्ब कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री