शुक्रबार, १४ वैशाख २०८१

लुम्बिनी विकास बैंक लिमिटेडको एकीकृत कारोबार शुभारम्भ,चुक्ता पुँजी २ अरब ८८ लाख पुग्यो

समयपोष्ट २०७४ असार २५ गते ११:३१

नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको “ख” वर्गको इजाजतपत्रप्राप्त भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि. मा राष्ट्रियस्तरको “ग” वर्गको इजाजतपत्रप्राप्त लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लि. गाभिई लुम्बिनी विकास बैंक लि. को नामबाट एकिकृत कारोवार शुभारम्भ भएको छ । आईतवार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले लुम्बिनी विकास बैंक लि.को बिधिवत समुद्घाटन गरे  । 

Advertisement

गाभिए पश्चात बनेको लुम्बिनी विकास बैंक लि.को केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि.को केन्द्रीय कार्यालय रहेको स्थान काठमाण्डौं डिल्लीबजारमा रहेको छ । विकास बैंकको संचालक समिति हाल ६ सदस्यको रहेको छ भने समितिको अध्यक्षमासुशिल राज पराजुली रहेका छन् ।

यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि. का प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले नै सम्हाल्लेका छन ।गाभिए पश्चात बनेको लुम्बिनी विकास बैंक लि. को तत्काल चुक्ता पुँजी रु.२ अरब ८८ लाख पुगेको छ भने रु.३६ करोड ३० लाख पूँजी समायोजन जगेडा कोषमा रहेको छ ।

मर्ज सम्पन्न भए लगत्तै चुक्ता पूँजीको १०% का दरले हकप्रद शेयर जारी गरि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको चुक्ता पूँजी पु¥याइने छ । यसैगरी गाभिए पश्चात संस्थाको कुल निक्षेप रु.१७ अरव, कर्जा रु.१५ अरव ५८ करोड पुगेको छ भने देशभर ४९ वटा शाखा संजाल तथा १२ वटा आफ्नै एटिएमबाट २१ जिल्लामा बैंकिङ्ग सेवा सुविधा उपलव्ध हुनेछ । 

vibor

‘दुवै संस्था एक आपसमा गाभिए पश्चात थप सवल एवँ सुदृढ संस्थाको रुपमा वित्तीय बजारमा आएको लुम्बिनी विकास बैंकले ग्राहकहरुको सुबिधाको लागि आफ्नो शाखा सन्जाल प्रयोग गरि थप सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न कटिवद्ध रहेको छ’ बैकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले भने ‘देशभर छरिएर रहेको पूँजीलाई उत्पादनशिल क्षेत्रमा लगाई समग्र देशको आर्थिक प्रगतिको लागि योगदान पुर्याउँदै वित्तीय पहुँच नपुगेका ग्रामिण क्षेत्रमा थप शाखाहरु बिस्तार गर्ने नीति बैंकको रहेको छ ।’

उनले ग्राहकहरुको सन्तुष्टिनै बैंकको लक्ष्य रहेकोले यसैलाई आत्मसाथ गरि ग्राहकहरुलाई गुणस्तरीय सेवा र लगानीकर्तालाई उचित प्रतिफल दिने लक्ष्य सहित आगामी दिनमा बैंक अगाडी बढ्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री