शनिबार, १५ वैशाख २०८१

महिलाहरुका लागि हिमालयन बैंकको वित्तिय साक्षरता कार्यक्रम

समयपोष्ट २०७४ असार २४ गते ८:१५

हिमालयन बैंक लिमिटेडले मिट एण्ड ग्रिट श्रृंखला अन्तर्गत डब्लुएफडब्लुपी नेपालमा आवद्ध तथा समाजका अन्य क्षेत्रमा सकृय महिलाहरुका लागि काठमाडौंमा वित्तिय जागरण तथा आधारभूत बैंकिङ्ग सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका करीव ९० जना महिलाहरुको सहभागिता थियो । मिट एण्ड ग्रिट श्रृंखला अन्तर्गतको यो दोश्रो कार्यक्रम हो ।   
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर ज.ब.रा. ले बैंकिङ्ग क्षेत्रलाई प्रयोग गरेर संबृद्धि हासिल गर्नेतर्फ महिलाहरु अगाडि बढ्नुपर्ने बताए । उनले महिला वित्तिय साक्षरता अभियानलाई राष्ट्रिय अभियानकै रुपमा अगाडि बढाइनुपर्ने खाँचो औंल्याउँदै नेपालको आर्थिक संबृद्धिका लागि बैंक तथा वित्तिय संस्थामा महिलाको पहुँच बढाउनु पर्ने बताए ।
समारोहमा डब्लुएफडब्लुपी नेपालका अध्यक्ष ब्लेसी ढकालले बैंकले महिलाहरुका लागि वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै यसले महिलाहरुमा बैंकिङ्क चेतनाको अभिबृद्धि हुने बताईन । 
कार्यक्रममा बैंकका वरिष्ठ अधिकृतहरुले वित्तिय साक्षरता तथा आधारभूत बैंकिङ्ग अन्तर्गत बैंकमा खाता खोली बचत गर्ने तथा अन्य बैंकिङ्ग सेवा सुविधाहरु उपभोगको प्रकृयाको सम्बन्धमा अन्तर्कृयात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै हिमालयन बैंकका सेवा सुविधाहरुको वारेमा जानकारी दिएका थिए ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री