बिहीबार, १३ वैशाख २०८१

कालिकोटमा एनआईसी एशिया बैंकको नयाँ शाखा

समयपोष्ट २०७४ असार २३ गते ३:१०

एनआईसी एशिया बैंकले खडाचक्र नगरपालिका, वार्ड नं. १, मान्मा, कालिकोटमा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । विहीबार (असार २२ गते) एक समारोहका बिच खडाचक्र नगरपालिकाका मेयर जसि पाण्डे तथा कालिकोट उद्योग बाणिज्य संघका अध्यक्षसुर्य बहादुर शाहीद्वारा संयुक्त रुपमा उक्त शाखा कार्यालयको विधिवत् समुद्घाटन गरे ।

Advertisement

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकह मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११७ शाखा कार्यालयहरु संचालनमा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री