शुक्रबार, १४ वैशाख २०८१

स्ट्रङ्ग बियर टुबोर्ग क्लासिक विथ स्कच माल्ट्स पोखरामा पनि सार्वजनिक

समयपोष्ट २०७४ असार २२ गते ३:५८

गोर्खा ब्रुअरीले केही समयअघि काठमाडौंमा सार्वजनिक गरेको स्ट्रङ्ग बियर टुबोर्ग क्लासिक विथ स्कच माल्ट्स पोखरामा पनि सार्वजनिक गरेको छ । गोर्खा ब्रुअरीले बुधवार पोखराको माउण्ट कैलाश रिसोर्टमा एक कार्यक्रम आयोजना गरी उक्त बियर  सार्वजनिक गरेको हो ।

Advertisement

‘हाम्रो उद्देश्य भनेको हाम्रा उपभोक्तालाई  विश्वस्तरको स्वाद छनोट गर्ने अवसर प्रदान गर्नु हो,’ कार्यक्रममा गोर्खा ब्रुअरीका सेल्स डाइरेक्टर काजीमान सुब्बाले  भने, ‘हामीले काल्सबर्ग समूहका सहकर्मीसँग सहकार्य गरी विशेष रेसिपी तयार पारेका छौं, यसले नेपाली उपभोक्तामाँझ विशेष तथा उत्कृष्ट स्वाद छनोट गर्न सहयोग गर्छ ।’ नयाँ उत्पादनबारे जानकारी दिँदै उनले टुबोर्ग क्लासिक उत्कृष्ट स्वाद भएको स्ट्रङ्ग बियर भएको जानकारी दिए । प्रिमियम स्कच माल्ट्स र चुनिएको जडिबुटीका साथ तयार परिएको टुबोर्ग क्लासिकले नयाँ पुस्ताका बियर प्रेमीलाई फरक प्रिमियम स्वाद प्रदान गर्ने उनको भनाइ थियो ।

‘स्ट्रङ्गर एण्ड स्मुदर’ ट्यगलाइनका साथ ल्याइएको बियरमा ६ दशमलवल ५ प्रतिशत अल्कोहलको मात्रा रहेको सो अवसरमा बताइयो । बियरको ६५० एमएल बोतलको बजार मूल्य ३ सय १० रुपैयाँ तोकिएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री