नेपाल क्लियरिङ्ग हाउसले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ल्यायो यस्तो परिमार्जन
नेपाल क्लियरिङ्ग हाउसले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसिएचल –आइपिएस ) बाट हुने कारोबारमा बैंक वित्तीय संस्थाहरु तथा अन्य सदस्यहरुलाई लाग्ने कारोबार शुल्क परिमार्जन गरेको छ । उसले साउन एक गतेबाट नै लागु हुने गरि शुल्कमा परिमार्जन गरेको हो ।
उक्त परिमार्जन पश्चात् क्लियरिङ्ग हाउसले आङ्खनो सदस्यहरुलाई लगाउने नेपाली मुद्राको कारोबारमा कारोबार शुल्क रकम सिमाको आधारमा रु. २ देखि रु. १५ सम्म र विदेशी मुद्रा कारोबारको हकमा कारोबार शुल्क रु. १५ रहने व्यवस्था गरिएको छ । तर आषाढ मसान्तसम्म भने हाल कायम रहेको कारोबार शुल्क रु. २ देखि रु. १०० रहने समते जनाएको छ ।
कम्पनीको नया“ व्यवस्था अनुसार नेपाली मुद्राको कारोबार सिमा रु ५०० सम्म शुल्क रु. २, ५०० देखि ५,००० सम्ममा शुल्क रु. ५, ५,००० देखि ५०,००० सम्ममा शुल्क रु. १० र ५०,००० भन्दा माथिको कारोबारमा शुल्क रु. १५ लाग्ने व्यवस्था गरिएको छ ।
उक्त शुल्क नेपाल क्लियरिङ्ग हाउसले आङ्खनो सदस्य बैंक वित्तीय संस्थाहरुबाट लिने हु“दा बैंक वित्तीय संस्थाहरुले आन्तरिक व्यवस्था अनुसार आङ्खनो ग्राहकलाई तोकेको कारोबार शुल्क भने फरक पर्न सक्ने हु“दा थप जानकारीको लागि ग्राहकहरुले आङ्खनो बैंकमा सम्पर्क राख्न समेत आग्रह गरेको छ ।
क्लियरिङ्ग हाउसले कष्टमर ट्रान्सफर, रेमिट्यान्स, तलब भत्ता, डिभिडेन्ट, आइपीओ रिफन्ड, फिज, बीमा, किस्ता भुक्तानी, सरकारी भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी जस्ता प्रडक्टहरु यस प्रणालीका ७७ भन्दा बढी सदस्यहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । कारोबार शुल्क परिमार्जन पश्चात बैंक खाताबाट सिधै भुक्तानी कारोबार गर्न सहज हुने र यसको पहुच समेत बृद्धि हुने कम्पनीले विश्वास लिएको छ ।
प्रतिक्रिया