बिहीबार, १३ वैशाख २०८१

आन्तरिक हवाइ भाडा दर घट्यो ,यस्तो छ नयाँ रेट

समयपोष्ट २०७४ असार २० गते ९:३८

नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि निजि क्षेत्रका वायु सेवा कम्पनीहरुले आन्तरिक हवाइ भाडा दर घटाएका छन् । यही असार २१ गते बुधबारदेखि लागू हुने गरी हवाइ भाडादर घटाइएको वायु सेवा संचालक संघले जनाएको छ ।  

Advertisement

नागरिक उड्यन प्राधिकरणको स्वीकृति लिएर घटाइएको नयाँ भाडादर अनुसार अब काठमाडौंबाट देशका विभिन्न स्थानमा तय भएका नयाँ हवाइ भाडादर यस्ता छन् । 

विराटनगर ७ हजार १ सय ४ रुपैयाँ – यसअघिको भाडा ७ हजार २ सय रुपैयाँ 

भद्रपुरको ८ हजार ६ सय ७६ रुपैयाँ – यसअघिको ८ हजार ७ सय रुपैयाँ 

 भैरहवाको ५ हजार ९ सय १३ रुपैयाँ – यसअघिको ६ हजार रुपैयाँ  

 धनगढीको १२ हजार १९ रुपैयाँ – यसअघिको १२ हजार २ सय रुपैयाँ  

नेपालगंज ८ हजार ३ सय ६५ रुपैयाँ  – यसअघिको ९ हजार ५ सय रुपैयाँ  

पोखरा ४ हजार ६ सय ३४ रुपैयाँ – यसअघिको ४ हजार ७ सय रुपैयाँ

जनकपुर ३ हजार ९ सय ४८ रुपैयाँ – यसअघिको ४ हजार रुपैयाँ  

सिमरा ३ हजार ५ रुपैयाँ – यसअघिको ३ हजार ४५ रुपैयाँ 

भरतपुर ३४ सय ५३ रुपैयाँ –  यसअघिको ३५ सय रुपैयाँ  

तुम्लिङटार ५ हजार ६ सय २३ रुपैयाँ – यसअघिको ५७ सय रुपैयाँ  

रहेको छ । त्यसैगरी यसअघि ११ हजार रुपैयाँ रहेको काठमाडौं माउन्टेन फ्लाइटको भाडा दर घटेर १० हजार ८ सय ६२ कायम भएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री