शुक्रबार, १४ वैशाख २०८१

मोडलिङमा करियर बनाउने रुची

समयपोष्ट २०७४ असार १९ गते ४:१४

अनिता राईSmriti Nepal
Nabina Raiयस वर्षको एसएलसी प्रिन्सेस २०१७ को ताज पहिरिन सफल नवीना राई पत्रकारितामार्फत आफ्नो करिअर अगाडि बढाउन चाहन्छिन् । धापासीको स्काइलार्क स्कुलबाट एसईई दिएकी उनले ३.३ जीपीए ल्याउन सफल भइन् । मामा पत्रकार भएको हुँदा मामाजस्तै पत्रकार बन्ने उनको सानैदेखिको लक्ष्य हो । उनी भन्छिन्, ‘मेरो मामा पत्रकार हुनुहुन्छ, म उहाँबाट निकै इन्स्पायर्ड भएकी छु । त्यसैले त्यही फिल्डमा जाने सोच छ ।’ पत्रकारितामा करिअर बनाउने सोच भएकी उनी कुन कलेजमा भर्ना हुने भन्ने दुविधामा छिन् । टाढाभन्दा पनि घर नजिकैको प्लस टु रोज्ने सोचमा रहेकी उनी आफ्ना दाइ दिदी अध्ययन गरेको कलेजमा भर्ना हुने सोचमा छिन् । १६ वर्षीया एसएलसी प्रिन्सेस राईको सानै बेलादेखि मोडलिङमा पनि निकै ठूलो धोको थियोे । त्यही धोको पूरा गर्न उनले एसएलसी प्रिन्सेसमार्फत पहिलो पाइला चाल्ने कोसिस गरेको बताइन् ।

Advertisement

एसएलसी प्रिन्सेस फस्र्ट रनरअप स्मृति नेपालको रुचि एयर होस्टेस बन्ने रहेको छ । तर, एयर होस्टेसमा सब्जेक्टको ब्यारियर नभएshitasmaको हुँदा उनी सर्वप्रथम म्यानेजमेन्ट लिएर अध्ययन सकाउन चाहन्छिन् । म्यानेजमेन्ट उनको रुचिको विषय भने होइन । उनी भन्छिन्, ‘साइन्स अलि गाह्रो लाग्छ, त्यही भएर म्यानेजमेन्टमा केसिस गर्छु ।’ अक्षर एकेडेमी स्कुलबाट एसएलसीमा ३.६५ जीपीए ल्याएकी उनी म्यानेजमेन्टमा आफ्नो अध्ययनलाई राम्रो अंकसहित टुंग्याएर एयर होस्टेसतर्फ करिअर बनाउने सोचमा छिन् । १६ वर्षीया उनले फस्र्ट रनSlaina Katwalरअप सहित मिस पर्सनालिटीको टाइटलसमेत जित्न सफल भएकी थिइन् । मोडलिङमा निकै रुचि भएकी उनी मिस नेपालमा समेत भाग लिने सोचमा छिन् । उनी भन्छिन्, ‘म मिस नेपालमा कम्पिट गर्न सक्छु भन्ने भएपछि त्यतातिर जाने सोच छ ।’

एसएलसी प्रिन्सेस सेकेन्ड रनरअप १६ वर्षीया सविना कटवालको एसएलसी सकिने बित्तिकै ए लेभल जोइन गर्ने सोच थियो । तर, सानैदेखि बिजनेस वुमन बन्ने लक्ष्य राखेकी उनले पछि मुड बदलिन् । ‘पहिला ए लेभल पढ्ने सोच थियो, पछि घरमा सबैजनाले म्यानेजमेन्ट पढेर बिजनेस वुमन बन्नुपर्छ भन्नुभयो । म्यामहरूले पनि करिअर काउन्सिलिङ गर्नुभयो,’ उनी भन्छिन्, ‘त्यसैले बिजनेस स्टडी गर्ने विचार छ ।’ नेक्सस इन्टरनेसनल स्कुलबाट एसईईमा ३.७ जीपीए ल्याएकी उनको सौन्दर्य प्रतियोगितामा भाग लिएर टाइटल जित्ने अर्को रुचि हो । यसअघि नेक्सस एम्बासडरमा सहभागिता जनाइसकेकी उनले उक्त प्रतियोगितामा फस्र्ट रनर अपको टाइटल जित्न सफल भएकी थिइन् । मिस टिनमा सहभागिता जनाउने सोचमा रहेकी उनी त्यसपछि आफ्नो पाइला मिस नेपालतिर बढाउने योजनामा छिन् । prerana
यस वर्षको एसएलसी प्रिन्सेस थर्ड रनरअपको टाइटल सिताष्मा पोख्रेल र फोर्थ रनरअपको टाइटल प्रेरणा महतले जित्न सफल भएका छन् । 
मिस नेपालको क्राउन विजेता नवीनाले पचास हजार नगद पुरस्कारसहित हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजमा प्लस टु अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पाएकी छन् । यसैगरी, सेकेन्डरन अपले नगद तीस हजार र थर्ड रनरअपले नगद बीस हजारसहित एक÷एक लाखको छात्रवृत्ति प्राप्त गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री