बिहीबार, १३ वैशाख २०८१

गोर्खा ब्रुअरीले ल्यायो नेपालकै पहिलो प्रिमियम ‘स्ट्रङ्ग’ बियर

समयपोष्ट २०७४ असार १९ गते ३:१७

गोर्खा ब्रुअरीले नेपालकै पहिलो प्रिमियम ‘स्ट्रङ्ग’ बियर ल्याएको छ । उपभोक्ताको बदलिँदो चहानालाई दृष्टिगत गर्दैै कम्पनीले टुबोर्ग क्लासिक विथ स्कच माल्ट्स बजारमा भित्र्याएको हो । गोर्खा ब्रुअरीले आइतवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उक्त बियर  सार्वजनिक गरेको हो ।

Advertisement

‘हाम्रो उद्देश्य भनेको हाम्रा उपभोक्तालाई  विश्वस्तरको स्वाद छनोट गर्ने अवसर प्रदान गर्नु हो,’ प्रबन्ध निर्देशक अरुण अधिकारीले भने, ‘हामीले काल्सबर्ग समूहका सहकर्मीसँग सहकार्य गरी विशेष रेसिपी तयार पारेका छौं, यसले नेपाली उपभोक्तामाँझ विशेष तथा उत्कृष्ट स्वाद छनोट गर्न सहयोग गर्छ ।’

नयाँ उत्पादनबारे जानकारी दिँदै गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर वैभव शर्माले टुबोर्ग क्लासिक उत्कृष्ट स्वाद भएको ‘स्ट्रङ्ग’ बियर भएको जानकारी दिए । प्रिमियम स्कच माल्ट्स र चुनिएको जडिबुटीका साथ तयार परिएको टुबोर्ग क्लासिकले नयाँ पुस्ताका बियर प्रेमीलाई फरक प्रिमियम स्वाद प्रदान गर्ने उनको भनाइ थियो ।

‘स्ट्रङ्गर एण्ड स्मुदर’ ट्यगलाइनका साथ ल्याइएको बियरमा ६ दशमलवल ५ प्रतिशत अल्कोहलको मात्रा रहेको सो अवसरमा बताइयो । बियरको ६५० एमएल बोतलको बजार मूल्य ३ सय १० रुपैयाँ तोकिएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री