शुक्रबार, १६ चैत २०८०

आजदेखी एभरेष्ट बैंकको हकप्रद निष्काशन, साउन २२ गतेसम्ममा आवेदन गरिसक्नुपर्ने

समयपोष्ट २०७४ असार १८ गते ३:३१

एभरेष्ट बैंकले हाल कायम चुक्ता पूँजीको ३३.३३ प्रतिशत हकप्रद आजदेखी निष्काशन गरेको छ । बैंकले हकप्रद प्रयोजनका लागि असार छ गते सेयरधनी पुस्तिका बन्द गरिसकेको छ । असार पाँच गतेसम्म एभरेष्ट बैंकको सेयर किनेका लगानीकर्ताले हकप्रदमा आवेदन गर्न पाउने छन् ।

Advertisement

बैंकको हकप्रदमा लगानीकर्ताले साउन २२ गतेसम्ममा आवेदन गरिसक्नु पर्छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । एभरेष्ट बैंकका सेयरधनीले एनआईबिएल क्यापिटल लाजिम्पाट तथा एभरेष्ट बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्ने छन् ।

हाल चार अर्ब ५२ करोड ६४ लाख २६ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी छ अर्ब तीन करोड ५० लाख ८४ हजार रुपैंया पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री