शुक्रबार, १६ चैत २०८०

प्रक्रियाअनुसार चिकित्सा विधेयक अघि बढ्छ : सचेतक गुरुङ

समयपोष्ट २०७५ साउन ११ गते १०:५३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ संसदीय प्रक्रियाअनुसार अघि बढ्ने बताउनुभएको छ ।

Advertisement

प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उक्त विधेयक सरकार र प्रा डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमति मन्त्रिपरिषद्को निर्णयबाट सदनमा प्रवेश हुने जानकारी दिनुभयो ।

विधेयकमा के के संशोधन हाल्ने भन्ने कुरा सरकारमार्फत आएपछि संशोधनको प्रक्रियाबाट अघि बढ्ने उहाँले बताउनुभयो ।
आइतबार सैद्धान्तिक छलफल हुने र त्यसपछि ७२ घण्टे संशोधनको प्रक्रिया शुरु हुने जानकारी गराउँदै उहाँले उक्त अवधिमा सहमतिअनुसारका संशोधनका बारेमा छलफल हुने बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री