शुक्रबार, ७ वैशाख २०८१

पहिरो नहटाउँदा यात्रु पैदल हिड्न बाध्य

समयपोष्ट २०७५ साउन ११ गते ५:१४

वर्षाले रैनादेवी छहरा गाउँपालिकाको सुन्दरेढुंगादेखि जुठापौवासम्मको सडकमा खसेको पहिरो एक महिना बितिसक्दा पनि नझिक्दा यात्रु पैदल यात्रा गर्न बाध्य छन् ।

Advertisement

वर्षाका बेला सडकमा खसेको पहिरोका कारण स्थानीय बासिन्दालाई गाउँपालिका कार्यालयदेखि जिल्ला सदरमुकाम तानसेनसम्म आवागमनका लागि समस्या भएको हो ।

जुवापौवादेखि नेपानेसम्मको सडकमा पाँच÷सात स्थानमा पहिरो खस्दा यातायात सञ्चालन हुन नसकेको स्थानीय बासिन्दा सोमबहादुर रायमाझीले जानकारी दिनुभयो । सुन्दरेढुंगादेखि जुठापौवा–सालझण्डीसम्म गत आवमा सडक विस्तार गरी बस सञ्चालनमा ल्याए पनि यसपालि पहिरोका कारण असार महिनादेखि नै यात्रुले नेपानेसम्म करीब दुई घण्टासम्म पैदल हिँडेर यात्रा गर्दै आइरहेका छन् ।

“जथाभावी सडक फराकिलो बनाएकाले पहिरो खस्दा यात्रुले समस्या झेलेका छन्, गाउँपालिकाले पहिरो हटाउनुपर्नेमा रमिते भएर बसेको छ,” सोमबहादुर रायमाझी भन्नुभयो,– “बिरामीलाई तानसेन अस्पताल लैजान, र वृद्ध(–बृद्धा तथा बालबालिकालाई आवतजावत गर्न कठिन भएको छ ।,” उक्त गाउँपालिका वडा नं६ मा तीन हजार ४४०, वडा नं ७ मा दुई हजार ४३ र वडा नं ८ मा तीन हजार १६५ जनसंख्या छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले भदौ अगाडि नै वर्षा रोकिने बित्तिकै सडकको पहिरो हटाएर यातायातका साधन सञ्चालन गरिने बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री