बिहीबार, १३ वैशाख २०८१

पञ्चकन्या माई हाइड्रोको सेयर बाँडफाँड, तपाईलाई पर्यो ?

समयपोष्ट २०७५ साउन ११ गते ५:१८

पञ्चकन्या माई हाइड्रोपावरले साधारण सेयर बाँडफाँड गरेको छ । एक लाख ४६ हजार ३८९ आवेदक मध्ये एक लाख एक सय जनाले गोलाप्रथाबाट १० कित्ता सेयर प्राप्त गरेका छन् ।

Advertisement

कम्पनीले कूल ११ लाख कित्ता सेयर निष्काशन गरेकोमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ ।

आईपिओमा एक लाख ४६ हजार ३८९ जना आवेदनबाट एक करोड ८४ लाख ७३० कित्ता सेयर प्रमाणिकरण (भेरिफाई) भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ ।

हाइड्रोपावरको सेयरमा सर्वसाधारणमा निष्काशन भएको कित्ताको अनुपातमा १८ गुणा बढी अर्थात एक अर्ब ८४ करोड ७३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।पञ्चकन्याले साउन १ देखि ४ गतेसम्म सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री