शुक्रबार, १६ चैत २०८०

दुई महिनाभित्र यातायात समितिको सम्पत्ति राष्ट्रियकरण

समयपोष्ट २०७५ साउन ११ गते २:२५

गृह मन्त्रालयले खारेजीमा गएका साविकका सार्वजनिक यातायात समितिको सम्पत्ति राष्ट्रियकरण गर्नुअघि सञ्चालन खर्चको विवरण भुक्तानीका लागि प्रमाणित कागजात पेश गर्न परिपत्र गरेको छ ।

Advertisement

आजको कारोबारमा खबर छ,साउन ४ गते गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले साविकका यातायात समितिको सम्पत्ति सञ्चालन खर्च कटाएर राष्ट्रियकरण गर्ने पत्रमा हस्ताक्षर भएको हो ।

गृहको उक्त परिपत्रसँगै स्वभाविक र प्रमाणित कागजातसहित आएका निवेदनमाथि छानबिन गरी रोक्का गरिएको खाताबाट रकम निकासा गरिने छ ।

त्यसपछि बाँकी रहेको सबै सम्पत्ति सरकारको खातामा ल्याउने गृहको तयारी छ ।

३५ दिनपछि गृहले वैशाखदेखि रोक्का गरिएको यातायात समितिको सबै चल अचल सम्पत्ति सरकारका नाममा ल्याउने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री