शनिबार, ८ वैशाख २०८१

जाँदाजाँदै टेप्लिजले भनिन्-चलखेल र घुसपैठ गर्ने बढी सम्भावना छ, चनाखो रहनु

समयपोष्ट २०७५ साउन १० गते १४:४९

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज अपराह्न नेपालस्थित अमेरिकी राजदूत अलाइन बी टेप्लिजले रक्षा मन्त्रालयमा आज बिदाइ भेट गरी खुला सीमा भएकाले आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने बढी सम्भावना भएको तर्फ चनाखो रहन सुझाव दिनुभएको छ ।

Advertisement

आफ्नो तीन वर्षको कार्यकाल पूरा गरेर स्वदेश फर्किनुअघि राजदूत टेप्लिजले नेपालको राजनीतिमा आएको परिवर्तनलाई सकारात्मक रुपले अमेरिकाले हेरेको बताउँदै नेपालको संक्रमणकालीन अवस्थालाई नेपाली जनता र राजनीतिक नेतृत्वले बुद्धिमतापूर्ण तवरले व्यवस्थापन गरेकामा प्रशंसा गर्नुभयो । संविधान निर्माण र कार्यान्वयनका क्रममा स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनजस्ता केही महत्वपूर्ण कार्यलाई आफूले नजीकबाट हेर्ने मौका पाएको र त्यसबाट आफू सन्तुष्ट रहेको भनाइ उहाँले व्यक्त गर्नुभयो ।

अमेरिका विकासको साझेदार मात्र नभई घनिष्ठ मित्र रहेको बताउँदै अमेरिकी राजदूतले आतंककारी क्रियाकलापको नियन्त्रणका लागि आवश्यक पर्दा नेपाल सरकारलाई अमेरिकी सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभएको मन्त्रालयले जनाएको छ ।

भेटमा रक्षामन्त्री पोखरेलले संक्रमणकालीन उतारचढावमा राजदूतले नेपाली सञ्चारमाध्यममा दिएका अभिव्यक्ति सन्तुलित रहेको बताउनुभयो । उहाँले नेपाल एउटा सार्वभौमसत्ता मुलुक भएकाले छिमेकी तथा विभिन्न मित्रराष्ट्रको सहयोग र सद्भावको आवश्यकता सदैव पर्ने तर देशको आन्तरिक समस्या भने आफँैले समाधान गर्नुपर्छ भन्ने कुरामा नेपाली जनता सदैव सचेत रहेको बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री