शनिबार, १५ वैशाख २०८१

नेता नेपाल कम्बोडिया प्रस्थान

समयपोष्ट २०७५ साउन १० गते ९:०६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल आज कम्बोडिया प्रस्थान गर्नुभएको छ ।

Advertisement

कम्बोडियामा यही साउन १५ गते हुन गइरहेको संसदीय निर्वाचनको पर्यवेक्षण गर्न उहाँ कम्बोडिया जानुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

नेपालसँगै नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल र नेपाली काँग्रेसका नेत्री तथा सांसद सुजाता कोइरालासमेत जानुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपाल ‘सेन्ट्रिस्ट् एसिया प्यासिफिक डेमोक्राट्स इन्टरनेशनल’को उपाध्यक्षसमेत हुनुहुन्छ ।

उहाँ त्यहाँ रहँदा विश्वबाट आएका अन्य देशका नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेकपाका नेता रिजालले जानकारी दिनुभयो । नेता नेपाल साउन १८ गते स्वदेश फर्कनुहुने छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री