शनिबार, ८ वैशाख २०८१

लायन्सको नेत्र परीक्षण अभियान शुरु

समयपोष्ट २०७५ साउन १० गते ६:३२

लायन्स क्लब अफ बुटवलले बालबालिकाको नेत्र परीक्षण अभियान शुरु गरेको छ ।

Advertisement

क्लबले बुटवल उपमहानगरपालिका क्षेत्रका ५० हजार बालबालिकाको नेत्र परीक्षण गरी औषधि तथा आवश्यकपर्नेलाई चस्मासमेत निःशुल्क दिने गरी अभियान शुरु गरेको छ ।

बुटवल उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सरकारी तथा आवासीय विद्यालयमा अध्ययनरत बालबालिकालाई ध्यानमा राखी क्लबले आज एक कार्यक्रमको आयोजना गरी अभियानको शुभारम्भ गरेको हो ।

लायन वर्ष २०१८÷२०१९ को प्रमुख कार्यक्रमका रुपमा लिइ नगर क्षेत्रका विद्यालयमा गई सम्पूर्ण विद्यार्थीको आँखा जाँच गरिने र आवश्यकपर्नेलाई उनीहरुकै रोजाइमा चस्मा निःशुल्करुपमा प्रदान गरिने अध्यक्ष सुनील कृष्ण श्रेष्ठले बताउनुभयो । क्लबले यो मानवीय अभियानका लागि रु २७ लाख पाँच हजार २०० लाग्ने अनुमान गरी बजेटसमेत विनियोजन गरेको छ ।

क्लबको अभियानलाई बुटवल लायन्स आँखा अस्पतालले प्राविधिक सहयोग पु्¥याउने अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले बताउनुभयो । क्लबले एक वर्षको अवधिमा यो लक्ष्य पूरा गर्ने र बुटवललाई आँखाको समस्याबाट मुक्त शहर बनाउने सोच पनि अगाडि सारेको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री